अध्यक्ष गोल्छाको टिप्पणी, ‘भद्र सहमति टुट्यो भनेर बैंकहरु धम्कीको भाषा बोल्न थाले’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 05:51:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले धम्कीको भाषा बोलेको टिप्पणी गरेका छन् । 

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आजबाट काठमाडौँमा सुरु गरेको नाडा ईभी एक्सपोको उद्घाटनमा अध्यक्ष गोल्छाले भद्र सहमति तोडियो, अब ब्याजदर बढाउँछौँ भनेर बैंकहरुले धम्कीको भाषा बोलेको टिप्पणी गरेका हुन् । 

केही दिन अगाडी बैंकहरुले ब्याजदर नबढाउने भनेर कायम रहेको भद्र सहमति तोडेर ब्याजदर बढाउने निर्णय गरेका थिए । भदौ ३० गते कमर्शियल बैंकहरुबीच ब्याजदरबारे कायम भद्र सहमति हटेको हो ।

कमर्शियल बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को कार्यसमितिको बैठकले भद्र सहमति हटाउने निर्णय गरेको थियो । त्यो निर्णयसँगै, राष्ट्र बैंकको निर्देशनभित्र रहेर बैंकहरुले आफुअनुकुल ब्याजदरबारे निर्णय लिन पाउने बाटो खुलेको थियो ।

त्यसैलाई लक्षित गर्दै महासंघका अध्यक्ष गोल्छाले ब्याजदर बढेको बढ्यै गर्ने परिपाटी अन्त्य हुनुपर्ने र औद्योगिक क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए ।

‘ब्याजदर बढेको बढ्यै छ, बैंकहरुले धम्कीको भाषा बोलिरहेका छन्’ अध्यक्ष गोल्छाले भने, ‘हाम्रो भद्र सहमति टुट्यो, अब ब्याज बढ्छ भनेर बैंकहरुले धम्कीको भाषा प्रयोग गरिरहेका छन् ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved