एनसीसी बैँक र फोन पे बीच क्यासब्याक सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 07:16:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैँक (एनसीसी बैँक) र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । 

एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु.१०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ ।

यस अफर अन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्नेछ । 

दशैँ र तिहार गरी २ पटक यो अफर संचालन हुने भएको छ । दशैँ लक्षित यस अफर असोज ७ गते देखि असोज १४ गतेसम्म संचालन हुनेछ भने तिहारलाई लक्षित गरी कार्तिक २ देखि कार्तिक ६ गते सम्म संचालन हुनेछ । 

एनसीसी बैंकले हाल १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३९ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved