सिद्धार्थ बैंकले ल्यायो क्यासब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2022 | 03:22:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिद्धार्थ बैंकले नेपालीहरुको महान् चाड दसैँको अवसर पारी क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले यहि आश्विन ८ गते देखि लागु हुने गरी उक्त योजना ल्याएको जनाएको छ ।   

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकवहरुले आश्विन ८ गते देखि १४ गते सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम रु. २०००) क्यास ब्याक पाउन सक्ने छन्। यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।

आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको उल्लेख गरेको छ।

 बैंकले १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved