
एक सातामा कमर्शियल बैंकहरुको निक्षेप उल्लेख्य रुपमा वृद्धि भएको छ भने कर्जा लगानी पनि बढेको छ। कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार एक हप्तामा कमर्शियल बैंकको निक्षेप २६ अर्बले बढेको छ भने कर्जा लगानी ४ अर्बले बढेको छ।
भदौ ३१ गतेदेखि असोज ७ गतेसम्म बैंकहरुको निक्षेप २६ अर्बले बढेर ४४ खर्ब ८६ अर्बबाट ४५ खर्ब १२ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी पनि ४ अर्बले बढेर ४१ खर्ब ९० अर्बबाट ४१ खर्ब ९४ अर्ब पुगेको छ।
चाडपर्व नजिकिदै गर्दा बैदेशिक रोजगारीमा गएकाले रेमिट्यान्स पठाउने क्रम बढेको र बैंकिंग प्रणालीमा विस्तारै निक्षेप जम्मा हुन थालेकाले एक सातामै २६ अर्बले निक्षेप बढेको जानकारहरु बताउँछन् ।