Election 2079 Worldcup 2022

बजारलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर मात्रै ब्याज बढाएका छौ : अध्यक्ष उपाध्याय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 02:58:00 PM मा प्रकाशित

laxmi bank

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर मात्रै ब्याज बढाएको बताएका छन्। काठमाडौं उद्योग वाणिज्य संघले आयोजना गरेको 'वित्तीय समस्या र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा उनले बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर मात्रै ब्याज बढाएको बताएका हुन्। 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्यायले बेस रेटमा कम्प्रमाईज गर्न नसकिने तर कतै नीतिगत रुपमा सकिने ठाउँ रहेछ भने प्रिमियममा कम गर्न सकिने बताए ।  अमेरिका, भारत, तथा युरोपेली देशहरुले पनि कोरोनापछि ब्याजदर वृद्धि गरेको उनले स्मरण गरे ।  गत आर्थिक वर्ष ६.६ प्रतिशत रहेको कर्जाको ब्याजको आधार दर अहिले ९.७ प्रतिशत पुगेको उनले बताए ।  

उनले पछिल्लो १० वर्षमा ३ वर्ष मात्रै तरलता सहज भएको बताए  भूकम्प र कोरोनाका बेला कर्जाको माग नभएको बेलामा मात्रै तरलता सहज भएको उनको भनाई थियो । अहिले वाणिज्य बैंकहरुलाई मुद्दतीको भार मात्रै ५८ प्रतिशत रहेको उनले बताए । बैंकहरूको अरु क्षेत्र (एटीएम लगायत)बाट  हुने आम्दानी  समेत ४० प्रतिशत घटेको उनले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved