Election 2079 Worldcup 2022

एनएमबि बैंकको दशैँ अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 05:03:38 PM मा प्रकाशित

laxmi bank

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । चाडपर्वलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरिने बैंकले जनाएको छ । 

 बैंकका अनुसार आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरिएको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले डेबिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोवार गर्दा १०% वा रु ३०० सम्म क्यासब्याक पाउनुहुने र क्रेडिट कार्डका ग्राहकहरुले क्रेडिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोबार गर्दा २०% वा रु. ५०० सम्मको क्यासब्याक पाउने बैंकले जनाएको छ।

त्यस्तै बैंकको एपबाट एनटिसी÷एनसेल टपअपमा ३% तत्काल क्यासब्याक पाइने र एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा ने.रु. २०० सम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved