प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 05:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

प्रभु बैंकका ग्राहकले मकवानपुर स्थित चुरे हिल हस्पिटल प्रा.लिमा छुट पाउने भएका छन् । प्रभु बैंक र चुरे हिल हस्पिटल प्रा.लि. बिच छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप साह र चुरे हिल हस्पिटल प्रा.लि.का तर्फबाट प्रशासनिक प्रमुख रविन्द्र कुमार थापाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले चुरे हिल हस्पिटल प्रा.लि. द्धारा सञ्चालित (आइ.सी.यु) बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशत का साथै फार्मेसी औषधी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्ने छन्। 

सम्झौता अन्तर्गत चुरे हिल हस्पिटल प्रा.लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चुरे हिल हस्पिटल प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved