एनसीसी बैंकका ग्राहकलाई सिड मेडिकल ल्याबरोटरिजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 05:57:26 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंकका ग्राहकले सिड मेडिकल ल्याबरोटरिजमा छुट पाउने भएका छन्  ।   एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । 

यस सम्झौता अनुसार  बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ । 

 बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved