लगातार ८ दिन सार्वजनिक विदा भएपछि स्थायी तरलता सुविधाबारे राष्ट्र बैंकले गर्यो नयाँ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 03:03:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधाबारेको ब्यबस्था परिवर्तन गरेको छ । राष्ट्र बैंकको मौद्रिक ब्यबस्थापन विभागले आज सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको लागि निर्देशन जारी गर्दै नयाँ ब्यबस्था बारे जानकारी गराएको हो।

हाल स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि हाल ७ कार्यदिन रहेको छ । तर कथंकदाचित ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि विदापश्चात कार्यालय खुल्ने दिनसम्मको लागि कायम गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको हो ।

दशैँको समयमा लगातार ८ दिन सार्वजनिक विदा पर्ने भएपछि राष्ट्र बैंकले यस्तो ब्यबस्था गरेको हो । असोज १५ गते शनिवार परेको छ भने असोज १६ गतेदेखि असोज २१ गतेसम्म दशैको सार्वजनिक विदा रहेको छ । त्यसपछि असोज २२ गते शनिवार परेकोले सो दिन पनि विदा रहेको छ । लगातार ८ दिन सार्वजनिक विदा पर्ने भएपछि राष्ट्र बैंकले स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि थप गर्न सकिने ब्यबस्था गरेको हो ।

यसको लागि राष्ट्र बैंकले राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद - १५ स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थाको बुदा नं. ४९ (६) मा संशोधन गरेको हो । यस सँगै सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गरी स्थायी तरलता सुविधा उपयोग गर्न योग्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दशैँ विदाको समयमा  केहि राहत भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved