हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 05:25:10 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच सम्झौता भएको छ। सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुबिधा प्रदान गर्ने भएको छ ।

 सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले  हस्ताक्षर गरेका छन् ।

बैंकले ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटिएम र ६,००० भन्दा बढी पीओएस मसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved