दशैँ विदामा पनि खुला रहनेछन् सिभिल बैंकका यी शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 12:38:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले दशैँ विदामा पनि खुल्ने शाखाको सूची सार्वजनिक गरेको छ । बैंकले असोज १६ देखि असोज १८ गतेसम्म र असोज २० देखि असोज २१ गतेसम्म  खुल्ने शाखाको सूची सार्वजनिक गरेको हो । 

बैंकका अनुसार असोज १६ गते विर्तामोड, जनकपुर, जावलाखेल, लेखनाथ, बुटवल , र धनगढी शाखा खुला रहने छ । त्यस्तै असोज १७ गते बिराटनगर, नारायणघाट, पोखरा र नेपालगंज शाखा खुला रहने बैंकले जनाएको छ ।  त्यस्तै असोज १८ गते भद्रपुर इटहरी, बिरगंज, सुर्यविनायक, शिवचोक, भैरहवा र महानेद्रनगर शाखा खुला रहने छन् ।  असोज २० गते बिहिबार पार्वतीपुर् शाखा खुला रहने र असोज २१ गते शुक्रबार बिराटचोक, नयाँ बानेश्वर, बेशीशहर , कोहलपुर, र बिरेन्द्र नगर शाखा खुला रहने बैंकले जनाएको छ ।   

बैंकका अनुसार उल्लेखित दिनमा बैंकका उल्लेखित शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved