राष्ट्र बैंकले बन्द गर्यो मनिचेञ्जरको नयाँ लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 02:02:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले अब मनिचेन्जरको नयाँ लाईसेन्स नदिने भएको छ। राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले एकिकृत परिपत्रमा संशोधन गर्दै अब मनिचेन्जरको नयाँ लाईसेन्स नदिने ब्यबस्था गरेको हो।

राष्ट्र बैंकको विदेह्सी विनिमय ब्यबस्थापन विभागले नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालय, इजाजतपत्र प्राप्त मनिचेञ्जर कम्पनीहरु र अन्य इजाजतपत्र प्राप्त निकायहरुलाई यसबारे परिपत्र गरेको हो ।

परिपत्रमा अर्को व्यवस्था नभएसम्मको लागि अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका स्थानमा मनिचेञ्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने सम्बन्धी कार्य बन्द रहेको  उल्लेख गरिएको छ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७८ मा राष्ट्र बैंकले संशोधन गर्दै अर्को व्यवस्था नभएसम्मको लागि अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका स्थानमा मनिचेञ्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने सम्बन्धी कार्य बन्द गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved