यातायात व्यवसायीले भने, ‘ब्याजदर एकल अंकमा नझारे आन्दोलन गर्छौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2022 | 05:10:07 PM मा प्रकाशित

laxmi sunrise bank

यातायात व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याज एकल अंकमा कायम गर्न माग गरेका छन् । उनीहरुले कर्जाको ब्याजदर एकल अंकमा कायम नगरिएको आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघले आज संयुक्त रुपमा प्रेश विज्ञप्ति जारी गर्दै तरलता अभावले व्यवसायिक क्षेत्र समस्यामा परिरहेका बेला वाणिज्य बैक तथा वित्तीय संस्थाहरुले एक्कासी कर्जाको ब्याजदरमा वृद्धिप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । 

उनीहरुले तरलता व्यवस्थापन, ब्याजदरमा स्थायित्व र मूल्य वृद्धि नियन्त्रणका लागि राष्ट्र बैंकले पहल गर्नुपर्ने माग पनि अघि सारेका छन् । 

यी ३ वटै संगठनले राष्ट्र बैंकको ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गर्न माग गरेका छन् ।

यी संगठनले निजी क्षेत्रले गर्दै आएको विरोधका कार्यक्रमहरुमा ऐक्यवद्धता पनि जनाएका छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved