कुमारी बैंकक ग्राहकलाई द हिमालयन गृल बाइ बाजेको रेस्टुरेन्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 02:27:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकका ग्राहकले द हिमालयन गृल बाइ बाजेको रेस्टुरेन्टमा छुट पाउने भएका छन्  । कुमारी बैंक लिमिटेड र  काठमाडौँको वडा न १०, टोखा स्थित “द हिमालयन गृल बाइ बाजेको” बीच ग्राहकलाई सेवाहरुमा छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा रेस्टुरेन्टको तर्फबाट संचालक मौसम कुमार श्रेष्ठ र बैंकको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेकी छिन् ।  सम्झौता अनुसार  कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वा क्युआर मार्फत भुक्तानी गर्दा ग्राहकले विशेष छुट पाउने छन् ।  बैंकका अनुसार कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरु वा क्युआर प्रयोगकर्ताहरुले रेस्टुरेन्टको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

कुमारी बैंकले ९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved