सानिमा बैंकको मुद्दती निक्षेप कर्जाको लागि अनलाइनबाटै आवेदन दिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 06:13:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ। उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार www.sanimabank.com मा “Apply Loan up to 5 Lakhs against FD" मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सकिने छ। अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५% वा अधिकतम रु.५००,००० मध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१%, मुद्दतीमा १२.१३३%, रेमिट्यान्स बचत खातामा १०.१३३% र बचत खाताहरुमा ९.१३३% सम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संजालहरु छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved