स्प्रेडरेटको नयाँ व्यवस्थाले ब्याज आम्दानी १२ अर्बले घट्ने, कुन बैंक कति प्रभावित ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 12:52:14 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षा मार्फत कायम गरेको निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड रेट) का कारण बैंक वित्तीय सँस्थाको आम्दानीमा प्रभाव पर्ने देखिएको छ। तोकिएको नयाँ स्प्रेड रेटका कारण बैंक वित्तीय सँस्थाको ब्याज आम्दानी १२ अर्ब तथा खुद नाफा ७ अर्बले प्रभावित हुने प्रारम्भिक आंकलन गरिएको छ। 

असोज मसान्तसम्मको तथ्यांकलाई हेर्दा बैंक वित्तीय संस्थाको औषत स्प्रेड रेट ४.२८ प्रतिशत रहेको छ।  यसको अर्थ बैंकहरुले स्प्रेट रेट घटाएर ४ प्रतिशतमा झार्नुपर्ने हुन्छ। राष्ट्र बैंकले हिजो मङ्सिर ११ गते सार्वजनिक गरेको पहिलो त्रैमासीक समिक्षामा तोकिएको स्प्रेड रेट कहिले देखि लागू हुने स्पष्ट नभनीएपनि पुष मसान्तदेखि लागू हुने अपेक्षा छ। 

असोज मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा बैंक वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४७ खर्ब ५६ अर्ब रहेको छ। स्प्रेड रेट ४.४ प्रतिशतबाट  ४ प्रतिशतमा झार्दा ब्याज आम्दानी झन्डै बार्षिक ९.०१ प्रतिशत अर्थात करिब १२ अर्बले प्रभावित हुने देखिन्छ भने खुद आम्दानी ७ अर्बले प्रभावित हुने देखिन्छ। 

४ प्रतिशत भन्दा बढी स्प्रेड रेट हुने बैंकहरुको ब्याज आम्दानी र खुद आम्दानी बढी भएको स्प्रेड रेट अनुसार नै प्रभावित हुने देखिन्छ। यद्दपि मर्जर तथा प्राप्तिमा गएर एकीकृत कारोबार गरेको एक बर्षसम्मलाई स्प्रेड दर १ प्रतिशत थप गर्न पाइने व्यवस्थाले यहि पुस मसान्त वा राष्ट्र बैंकले अहिले तोकेको स्प्रेड रेट लागू हुने मितिभित्र एकीकृत कारोबार गर्ने बैंक वित्तीय संस्थालाई केहि राहत हुने देखिन्छ। 

मर्जर तथा प्राप्तिमा नगएका मध्ये सानिमा, स्ट्याण्डर्ड चार्टड, कृषि विकास  बैंक बाहेक अन्य बार्ह कमर्शियल बैंकको स्प्रेड रेट तोकिएको ४ प्रतिशत भन्दा केहिले बढी भएकाले यी कमर्शियल बैंकको नाफा तुलनात्मक रुपमा बढी प्रभावित हुने देखिएको हो। 

कात्तिक मसान्तसम्मको तथ्यांक हेर्ने हो भने कमर्शियल बैंकको औषत ब्याजदर अन्तर ४.२८ प्रतिशत रहेको छ। जसमा मर्जर तथा प्राप्तिमा नरहेका एभरेष्ट, लक्ष्मी, माछापुछ्रे, नेपाल एसबिआई, एनआइसी एसिया, प्राइम कमर्शियल, राष्ट्रिय बाणिज्य बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, सानिमा बैंक, सिद्दार्थ बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टड, एनएमबि बैंकको औषत ब्याजदर अन्तर क्रमश : ४.२६ , ४.३१, ४.३३, ४.३९,  ४.३९, ४.२९, (४.२६ असोज मसान्त), ४.३० प्रतिशत, ४.२४, ३.६६ (असोज मसान्त), ४.००, ४.०५, ३.८९ (असोज मसान्त), ३.९४, ४.३५ प्रतिशत रहेको छ। 

तर मर्जर तथा प्राप्तिमा रहेका अन्य कमर्शियल बैंकहरुलाई भने २०८० असार मसान्तसम्म स्प्रेड रेट ५ प्रतिशतसम्म हुन पाउने सुविधा भएकाले बाँकी ११ वटा बैंकको नाफा कम प्रभावित हुने देखिएको छ। 

मर्जर तथा प्राप्तिमा रहेका बैंक अफ काठमान्डूको ४.३९, सिभिल बैंकको ४.३८, सेंचुरि कमर्शियल बैंकको ४.३३, ग्लोबल आइएमईको असोज मसान्तको ३.८६, हिमालयन बैंकको ४.३९, कुमारी बैंकको ४.३४, मेगा बैंकको ४.२८, नबिल बैंकको असोज मसान्तको ४.०३, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको असोज मसान्तको ३.८५, नेपाल इन्भेष्टमेन्ट बैंकको असोज मसान्तको ३.८८, प्रभु बैंकको असोज मसान्तको ३.९८ प्रतिशत रहेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved