![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि बोलाएको छ । राष्ट्र बैंकले मंगलबार दिउँसो ३ बजे सबै वाणिज्य बैंकका सीइओहरुलाई छलफलको बोलाएको हो।
के विषयमा छलफल गर्न बोलाएको भन्ने बारे प्रष्ट भईनसकेपनि राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन तथा मौद्रिक नीतिको त्रैमास समिक्षाका केहि ब्यबस्थाबारे छलफल गर्न बोलाएको हुन सक्ने एक वाणिज्य बैंकका सीइओले बिजपाटीलाई बताए।
ती सीइओले भने, "चालूपुंजी कर्जा सम्बन्धि व्यवस्था कात्तिक देखि नै लागू भईसकेको छ तर यसका केहि प्राविधिक बिषयबारे व्यवसायीहरुबाट आएका माग तथा सुझाव सम्बोधन गर्नलाई मौखिक निर्देशन दिनलाई पनि हुन सक्छ, तर यहि बिषय भन्ने एकिन छैन।"
आफुहरुलाई छलफलको लागि राष्ट्र बैंकबाट पत्र आएकोबारे सचिवालयबाट जानकारी आएको तर के कुन बिषयमा भन्नेबारे पूर्ण जानकारी नभएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बिजपाटीलाई बताए।
विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई छलफलका लागि बोलाइएको बारे आफुहरुलाई औपचारीक रुपमा कुनै जानकारी नआएको डेभलपमेन्ट बैंकर्स एसोसियसन अफ नेपालका कार्यसमिति सदस्यले बताए।
उद्योगी तथा व्यवसायीहरुले चालुपुँजी मार्गदर्शनका कतिपय ब्यबस्था संशोधन गर्न माग गर्दै आएका छन् । राष्ट्र बैंकले मार्गदर्शन कार्यन्वयनमा देखीएक कठिनाईबारे जानकारी दिन भन्दै सुझाव समेत आह्वान गरेको थियो ।
त्यस्तै आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा राष्ट्र बैंकले कार्यान्वयनमा रहेको चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गरिने उल्लेख गरेको छ ।