हुण्डाईको विद्युतिय गाडी किन्न नबिल बैंकले ८० प्रतिशत सम्म ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 09:40:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले हुण्डाईका विद्युतिय सवारी (इभी) र इन्टरनल कम्बसन इन्जिन (आइसीई) खरिदका लागि सहज र सुलभ दरमा कर्जा उपलब्ध गराउने भएको छ। सोही प्रयोजनका लागि नेपालका लागि हुण्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल र नबिल बैंक बिच सम्झौता भएको हो। 

सम्झौता पत्रमा नविल बैंकको तर्फबाट नबिल बैंकका वरिष्ठ डीसीईओ सुजित शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रशाद सापकोटाले हस्ताक्षर गरेका हुन्। 

सम्झौता अनुसार अब हुण्डाई गाडी, ईभी वा आईसीई फाइनान्स गर्न चाहनेले नबिल बैंकमार्फत १२.९९ प्रतिशतमा गर्न सक्नेछन्। बैंकले सबै आवश्यक कागजातहरु प्रमाणित भएमा दिनदिन भित्र ऋण उपलब्ध गराउने जनाएको छ। 

बैंकले उक्त सवारी खदिरका लागि सवारी मुल्यको व्यक्तिगत तर्फ ८० प्रतिशत र संस्थागत तर्फ ७० प्रतिशत कर्जा उपलब्ध गराउने छ। त्यस्तै इन्टरनल कम्बसन इन्जिन खरिदको लागि व्यक्तिगत हकमा ५० प्रतिशत र संस्थागत रुपमा ७० प्रतिशतसम्म  कर्जा उपलब्ध गराउने छ। 

ग्राहकले नबिल बैंकको जुनसुकै शाखा वा हुन्डाईका देशभरका १७ वटा शोरुममा गएर यो अफरको फाइदा लिन सकिने बैंकले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved