इन्भेष्टमेन्ट-मेगा बैंक मर्जर: संचालक र ब्यबस्थापनमा जुट्यो यस्तो सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 08:24:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि अन्तिम सझौता भए सँगै संचालक र ब्यबस्थापनमा पनि सहमति भएको छ। दुवै बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरि दुई बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।

अन्तिम सम्झौता सँगै संचालक र ब्यबस्थापनमा पनि सहमति भएको हो । सहमति अनुसार मर्जर पछि बन्ने 'इन्भेष्टमेन्ट मेगा बैंक' को संचालक समितिमा इन्भेष्टमेन्ट  बैंकको तर्फबाट ४ जना र मेगा बैंकको तर्फबाट ३ जना रहने छन् ।  हाल इन्भेष्टमेन्ट बैंकमा अध्यक्ष रहेका पृथ्वी बहादुर पाण्डे मर्जरपछि बन्ने बैंकको अध्यक्षमा रहने छन् । त्यस्तै मर्जरपछि बन्ने बैंकको संचालकमा इन्भेष्टमेन्टबाट प्रियंजनराज भण्डारी, कवि कुमार टिबरेवाल, र एक महिला विज्ञ संचालक जाने छन् । त्यस्तै मेगा बैंकबाट मदन कुमार आचार्य, गोपाल खनाल र मुक्ति कुमार पाण्डे संचालकको रुपमा रहने छन् । 

ब्यबस्थापनतर्फ मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे रहने छन् । हाल उनी इन्भेष्टमेन्ट बैंकको सीइओ छन् । त्यस्तै हाल मेगा बैंककी कामु सीइओ रहेकी रबिना देशराज श्रेष्ठ मर्जरपछि बन्ने बैंकको बरिष्ठ डेपुटी सीइओ रहने छिन् ।  डेपुटी सीइओ इन्भेष्टमेन्ट बैंकको तर्फबाट चयन हुने छन् । मर्जरमा जानु अघि दुवै बैंकले कर्मचारीको बढुवा सक्ने, र खाईपाई आएको सेवा सुविधा नघट्ने गरि मर्जमा जानको लागि सहमति भएको छ ।

यी दुई बैंकबीच गत जेठ २७ गते मर्जर सम्झौता भएको थियो।  राष्ट्र बैंकले असार २२ गते २ बैंकलाई मर्जरको लागि  सैद्दान्तिक सहमति दिएको थियो । दुवै बैंकले साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गराएपछि  राष्ट्र बैंकले  मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved