कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 07:39:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएकोे छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १०% प्राथमिक शेयर निश्कासनमा आवेदन दिने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । 

बैंकका अनुसार श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोलि प्राथमिक शेयरमा आवेदन दिन सकिने छ। बैंकले शाखा अथवा अनलाइन माध्यम बाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ । 

वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक शेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधा ले मद्दत गर्ने विश्वास गरिएको बैंकले जनाएको छ ।

बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ६० शाखारहित बैंकिङ्ग ईकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved