प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरको लागि अन्तिम सम्झौता, यस्ता छन् सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2022 | 09:26:23 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गाभ्ने गाभिने सम्बन्धि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच बुधबार साँझ सम्झौतामा हस्ताक्षर भएको हो

सम्झौतामा प्रभु बैंकको तर्फबाट संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्।

अन्तिम सम्झौता अनुसार  प्रभु बैंकले सेन्चुरी बैंकलाई १:१ को स्वाप रेसियो गाभ्ने छ । सेन्चुरीलाई गाभेपछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहने छ । संचालक समितिमा प्रभु बैंकबाट ४ जना र सेन्चुरीबाट ३ जना जाने सहमति भएको छ । त्यस्तै सीइओको रुपमा हालका प्रभु बैंक कै सीइओ रहने छन् भने सेन्चुरीका हालका सीइओ बैंकमा सिनियर डेपुटी सीइओको रुपमा रहने सहमति भएको छ । त्यस्तै कर्मचारीहरु समायोजन गर्दा हाल खाईपाई आएको सेवा सुविधा नघट्ने गरि समान समान हैसियतमा समायोजन गर्ने सहमति भएको छ । पुस भित्र नै एकिकृत कारोबार गर्ने गरि प्रक्रिया अगाडी बढाउने सहमति भएको छ ।

अन्तिम सम्झौता भएसँगै दुवै बैंकले साधारणसभा आह्वान गरेका छन् । दुवै बैंकले पुस १४ गतेको लागि साधारणसभा आह्वान गरेका हुन् । सेन्चुरीको साधारणसभा आर्मी अफिसर्स क्लबमा हुनेछ भने प्रभुको साधारणसभा आफ्नै केन्द्रीय कार्यालयमा हुने छ । सभामा लाभांश पारित गर्ने, मर्जर प्राप्ति समबन्धि हालसम्म भएका काम अनुमोदन गर्ने, बाँकि काम गर्न संचालक समितिलाई स्वीकृति दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

प्रभु बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफ बाट ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सेन्चुरी बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफ बाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आ-आफ्नो साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved