सर्वोच्चमा गर्भनर अधिकारीको मुद्दा: अब चैतमा मात्र सुनुवाई हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 01:48:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतमा विचाराधीन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको अर्को सुनुवाई चैतमा हुने भएको छ । अघि मङ्सिर १९ मा यस मुद्दाको पेशी तोकिएपनि हेर्न नमिल्ने भएकोले सुनुवाई हुन सकेको थिएँन । सर्वोच्चले यस मुद्दाको सुनुवाईको लागि चैत २० गतेको तारेख तोकेको छ ।

सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै गभर्नर अधिकारीले बैशाख ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। यस मुद्दामा बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नरलाई निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै  उनलाई निलम्बन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । 

त्यसपछि बैशाख १६ गते न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले बैशाख ६ गतेको एकल इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिदै अन्तरिम आदेश जारी गरेको थियो  । अदालतले यस मुद्दाको अन्तिम किनारा नलाग्दासम्म गभर्नरमाथि जाँचबुझ गर्ने निर्णय कार्यान्वयन नगर्नु नगराउनलाई सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । त्यस्तै गभर्नरलाई पदीय जिम्मेवारी गर्नमा कुनै बाधा नपुर्याउन पनि अदालतले आदेश दिएको थियो  । सोहि आदेश अनुसार गभर्नरले काम गरिरहेका छन्  ।

त्यसपछि भने यो मुद्दा पटक पटक स्थगित हुदै आएको छ भने पेशी तोकिएको बेलामा हेर्न नभ्याईनेमा पर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved