नेपाल बैंकर्स संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी केसीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 01:54:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुनिल केसीले पाएका छन्। यस अघि अध्यक्ष रहेका सुनिल उपाध्याय बाहिरिएपछि संघमा उपाध्यक्ष रहेका केसीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

उपाध्यायको कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यकाल सकिएपछि बैंकर्स संघको अध्यक्षबाट पनि उनी स्वत बाहिरिएका हुन् । बैंकको सीइओ पदमा बहाल रहंदा मात्र बैंकर्स संघको पद बहाल रहन्छ।  उपाध्याय  २०७५ साल पुस ११ गतेदेखि कृषि विकास बैंकको सीइओ थिए ।  अब उनी सिईओमा नदोहोरीने भएपछि संघबाट बाहिरिएका हुन्। 

 केसीलाई संघको शुक्रबार बिहान बसेको बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । संघको बैठकले संघको कार्य समितिमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग मनोनयन गरेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved