कृषि विकास बैंकका सिइओ उपाध्यायको विदाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 09:56:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बैंकबाट विदा भएका छन् । बैंकले आज सोमबार उनको विदाई कार्यक्रम गरेको छ  । 

विदाई कार्यक्रममा बोल्दै उपाध्यायले यही बैंकले आफूलाई सिइओ तथा नेपाल बैंकर्स एशोशिएशनको नेतृत्वसम्म पु¥याएकोमा सन्तोष व्यक्त गरेका छन्। बैंकरले बैंकिङ्ग संस्कृतिलाई छोड्नु नहुने बताउँदै उनले आफ्नो कार्यकालमा कृषि विकास बैंकले डिजिटल बैंकिङ्गमा ठूलो उपलब्धी हासिल गरेको बताए । बैंकको जनशक्तिलाई प्रशिक्षित गर्नुपर्ने बताउँदै उनले काम गर्ने कर्मचारीको गल्ती हुने र उसले अपजस पाउने हुँदा त्यसबाट हतोत्साही नभई काम गर्न कर्मचारीहरुलाई सुझाव दिए । आफ्नो कार्यकालमा बैंकको सम्पत्ति संरक्षणमा विशेष पहल भएको बताउँदै आफूलाई बैंकको कार्यमा सहयोग गर्ने नेपाल सरकार, बैंक सञ्चालक समिति, बैंकका क्रियाशील युनियनहरु ल्गायत सम्पूर्ण कर्मचारीहरुलाई उनले धन्यवाद व्यक्त गरेका छन्।

विदाई कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीले  निवर्तमान प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकमा दिएको योगदानको लागि हार्दिक कतज्ञता व्यक्त गरेका छन्।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved