पुस पहिलो साता वाणिज्य बैंकको निक्षेप २० अर्ब बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 08:29:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पुस महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार पुस महिनाको पहिलो सातामा कमर्शियल बैंकको निक्षेप २० अर्बले  बढेको हो। 

पुस १ गते वाणिज्य बैंकहरुको निक्षेप ४६ खर्ब २५ अर्ब रहेकोमा पुस ८ गतेसम्ममा निक्षेप बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ । यस अवधिमा कर्जा प्रवाह १ अर्ब मात्रै बढेको छ । पुस १ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेकोमा पुस ८ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १ अर्बले बढेर ४२ खर्ब २३ अर्ब पुगेको छ । 

 त्यस्तै यस अवधिसम्ममा बैंकहरुको औसत सिडी रेसियो ८६.०६ प्रतिशत रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved