बैंक अफ काठमाण्डूद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 09:01:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु कियोस्क  मेसिन मार्फत जम्मा गर्नसकिने सेवाको शुभारभ्भ गरेको छ । यस नयाँ सेवा मार्फत ग्राहकहरुले बिना कुनै झन्झट सजिलैसंग मेसिनमा चेक जम्मा गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस सेवाको शुभारभ्भ पश्चात् ग्राहकहरुले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्छ । यस सुबिधामा ग्राहकहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आएकाहरुको सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरणहरु राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा सक्ने बैंकले जनाएको छ। उक्त चेक जम्मा भएपश्चात् ग्राहकले चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्ने बैंकले उल्लेख गरेको छ।

बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने योजना रहेको जनाएको छ । कियोस्क मेसिन मार्फत क्लियरिङ्ग चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहक महानुभावहरुलाई छुटकारा मिल्ने विश्वास बैंकले लिएको जनाएको छ ।  

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत  सेवा  प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved