आजबाट वाणिज्य बैंकको संख्या २५ कायम, कुमारी र एनसीसीले सुरु गरे एकिकृत कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2023 | 09:32:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १७ गतेबाट नेपालमा वाणिज्य बैंकको संख्या २५ कायम भएको छ । कुमारी बैंक र  नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) एक आपस मर्ज भई आज पुस १७ गतेबाट एकिकृत कारोबार सुरु गरेसँगै वाणिज्य बैंकको संख्या २५ कायम भएको हो।

कुमारी र एनसीसी मर्जरपछि कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो । दुवै बैंकको मङ्सिर २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस ६ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।  कम्पनी रजिष्ट्रारको कार्यालयल पुस ८ गते एनसीसी बैंकको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु कुमारी बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । 

सोहि अनुसार आज पुस १७ गते आइतबारदेखि कुमारी बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।  मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ ।  यी दुई बैंक १:१ को स्वापमा मर्ज भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved