एकिकृत कारोबार पश्चात कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब पुग्यो, ३ खर्ब निक्षेप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2023 | 04:52:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक लिमिटेड तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड मर्ज भई एकिकृत कारोबार सुरु गरेका छन् । दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भई  कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् । 

काठमाण्डौंमा आयोजित एक कार्यक्रममा दुवै बैंकका अध्यक्ष– कुमारी बैंक लि. का अध्यक्ष अमिर प्रताप ज. ब. राणा तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरे पश्चात् कुमारी बैंक लिमिटेडले एकीकृत वित्तीय कारोबार सुरु गरेको हो ।

कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले  नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आजको आवश्यकता रहेको यस घडीमा यो मर्जर निकै सुखद र सकारात्मक कदम रहेको बताए। उनले मर्जरपछि विभिन्न तवरबाट सेवाग्राहीहरूका लागि नवीनतम बैंकिङ्ग उत्पादनहरू प्रस्तुत गर्नुका साथै  आउँदा दिनहरूमा आकर्षक सुविधाहरू पनि ल्याउने बताए ।

 मर्जर पश्चात् बैंकको चुक्तापुँजी २६ अर्ब २३ करोड रूपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यस पश्चात् कुमारी बैंक लिमिटेडले ४१५ वटा स्थानहरूबाट आफ्ना आधुनिकसुविधाहरू प्रदान गर्ने भएको छ – जसमा ३०६ वटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved