ब्याजको दर घट्दा पनि सस्तो नहुने भयो नयाँ कर्जा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 02:10:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाले ब्याजको दर घटाउँदा पनि माघदेखि नयाँ कर्जाको ब्याज सस्तो नहुने भएको छ । बैंक तथा वित्तीय संस्थाले यही माघदेखि लागू हुनेगरी निक्षेपको ब्याज घटाउने घोषणा गरिसकेको छ । नयाँ आधार दर वैशाखदेखि मात्र लागू हुने हुँदा आधार दरमा परेको दबाबका कारण माघदेखि नयाँ र पुराना कर्जाको ब्याज बढ्ने देखिएको हो । 

वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरणमा सार्वजनिक गरेका २१ बैंक मध्ये २० वटाको आधार दरमा वृद्धि भएको छ । उक्त दरलाई आधार मान्दा औषतमा ०.७३ विन्दुले कर्जामा ब्याजको दर बढ्ने देखिन्छ । 

नेपाल इन्भेष्टमेन्ट, मेगा बैंक लिमिटेडबाहेक बाँकी २१ बैंकको औषत आधार दर असोज मसान्तमा १०.१० प्रतिशत रहेको थियो । पुस मसान्तमा आउँदा पछिल्ला तीन महिनालाई आधार मान्दा यस्तो औषत आधार दर १०.८२ प्रतिशत कायम हुन्छ । जुन शुन्य दशमलव ७३ विन्दुले बढी हो । 

राष्ट्र बैंकको नीति अनुसार हरेक त्रैमासिक आधार दरमा रहेर बैंकले पुराना ऋणीको ब्याजदर समेत घटबढ गर्न पाउने नीतिगत व्यवस्था छ । 

बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेखित औसत आधार दरमा प्रिमियम जोडेर ब्याजदर निर्धारण हुन्छ । राष्ट्र बैंकले बैंकहरुलाई अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप गर्न सक्ने व्यवस्था गरिदिएको छ । 

यस्तो छ बैंकहरुको आधार दरः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved