३ वटा सरकारी बैंकलाई मर्जमा जान गभर्नरको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 07:37:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारी बैंकहरुलाई मर्जरमा जान सुझाव दिएका छन्। राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मर्जरका कारण निजि बैंकहरुको आकार बढेकोले सरकारी बैंकहरु पनि मर्ज गर्न सुझाव दिएका हुन् ।  

उनले नेपाल राष्ट्र बैंकले बाध्यात्मक अवस्था नगर्दै पनि निजि क्षेत्रका बैंकहरुले आवश्यकता बुझेर एक आपसमा मर्जर प्रक्रियामा गएको बताए । मर्जर जाँदाकाफाइदा बताउदै गभर्नर अधिकारीले सरकारी बैंकले मर्जरको आवश्यकतालाई नबुझेको हो कि भन्ने शंका रहेको बताए । उनले अहिले ३ वटा सरकारी बैंक रहेकोले ३ वटै बैंकका ब्यबस्थापन, संचालक समिति र नेपाल सरकारले यस विषयमा छलफल गर्नु पर्ने बताए । अहिले नीजि क्षेत्रका बैंकहरुको मर्जरले लिएको गतिले बैंकहरुको आकार बढीरहेको अवस्थामा आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि आपसमा कुरा गर्न सकिने गभर्नर अधिकारीले बताएका हुन् । यद्यपि उनले राष्ट्र बैंकले मर्जरमा जानको लागि बाध्यात्मक ब्यबस्था भने नगर्ने प्रष्ट पारे ।  

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पनि अब बैंक मर्जरमा जानु पर्ने बताएका थिए । उनले मर्जरको लागि उपयुक्त रणनीति बनाउँ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनले भनेका थिए 'नेपाल राष्ट्र बैंकको बैक तथा वित्तिय संस्था Consolidation नीतिको फस्वरुप अहिले बैकहरुको मर्जर प्रक्रियाले तिव्रता पाएको छ । यसरी 'क' वर्गका बैंकहरु बिचको मर्जरले ती बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्र्दभमा यस बैकले समेत उपयुक्त रणनीति बनाई अगाडी बढ्न आवश्यक छ । यसका निमित्त नेपाल सरकार अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।' 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved