नबिल बैंकका ग्राहकलाई इलेक्ट्रोनिक्स सामान खरिदमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 06:20:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो ।

बैंकका अनुसार अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए । यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्ने र यो सुविधा सीमित अवधिको लागि दिएको नबिलले जनाएको छ । 

नबिल बैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved