
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गठ्ठाघर, भक्तपुर स्थित जर्मन होम्स हस्पिटालिटी बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको बैंकले जनाएको छ ।
बैंकले १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।