कार्ड जारी गर्दा अनिवार्य रुपमा यी जानकारी ग्राहकलाई दिन राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 04:56:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा ग्राहकलाई अनिवार्य रुपमा उक्त कार्डसँग सम्बन्धित सेवाको प्रकार, शुल्क तथा सर्तहरुको जानकारी दिनुपर्ने भएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। 

राष्ट्र बैंकले ग्राहकलाई विद्युतिय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्ड जारी गर्दा र कारोबार गर्दा लाग्ने शुल्क, कारोबारको सीमा, कार्ड प्रयोग गर्दा लाग्ने ब्याजदर, कार्डबाट प्राप्त हुने अन्य सुविधाहरु लगायतका विषय समेटिएको सूचनामुलक सामाग्री प्रदान गर्नुपर्ने व्यवस्था गरेको हो। 

कार्ड प्रयोग गर्न महत्वपूर्ण शर्त तथा बन्देजको सूचीमा कार्डबाट गर्न सकिने कारोबार, कार्ड जारी गर्दा तथा कारोबार गर्दा तिर्नुपर्ने सेवा शुल्क, कारोबारको संख्या सीमा भएमा सोको विवरण, नगद तथा भुक्तानी कारोबारको सीमा, क्रेटिट कार्डको हकमा क्रेडिट सिमा, कार्डमार्फत गरिएको कारोबारको विलिङको समयावधि तथा माधयमबारेको सम्पुअर्ण जानकारी दिनु पर्ने छ । त्यस्तै रकम भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्रानी गर्न नसकेमा वा न्युनतम रकम मात्र तिर्दा लाग्ने ब्याजदर तथा हर्जाना रसो को लेखाहिसाबको विधि (उदाहरणसहित पुष्टि हुनेगरी), सुरक्षित कारोबारको लागि कार्ड प्रयोग गर्दा ग्राहकले अपनाउनुपर्ने सजगता, सेवा बन्द गर्न ग्राहकले अबलम्बन गर्नुपर्ने पक्रिया, कार्ड हराएमा वा चोरी भएमा तथा कारोबारको क्रममा कुनै समस्या परेमा तत्काल सहयोग प्राप्त गर्न ग्राहकले सम्पर्क गर्ने माध्यम समावेश गरि ग्राहकसँग सम्झौता गर्नुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको हो।

यस्तो सम्झौता ग्राहकलाई समेत उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved