बैंकहरुको हालत पनि खराब छ : मनोज ज्ञवाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 05:50:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकहरुको अवस्था पनि खराब रहेको बताएका छन् । काठमाडौँमा आयोजित 'अर्थतन्त्रका चुनौती तथा समाधानका उपाय' विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ज्ञवालीले यस्तो बताएका हुन्

उनले बैंकहरुको संचालन खर्च बढिरहेको बताए। त्यस्तै बैंकहरुले चाहेर पनि 'नन परफर्मीङ एसेट्स (एनपीए)' ब्यबस्थापन गर्न नसकेको बताए । उनले सम्पति बेच्नको लागि खरिद गर्ने मान्छे नभएको बताए।  व्यवसायीले बजारबाट उधारो उठाउन नसक्दा बैंकको कर्जा तिर्न नसकेको उनले उल्लेख गरे । उनले ब्याजदर बढेर मात्र नभई अन्य कारणले पनि अहिले समस्या आएको बताए 

उनले अहिले  सरकारकै हालत खराब रहेको बताए । राजश्वले तलब खुवाउन नपुगेर  ट्रेजरी बिल जारी गर्नुपर्ने खतरा देखिएको उनले उल्लेख गरे

उनले बजेटको संरचनागत समस्या रहेको भन्दै उनले भने 'रेभिन्यू एक्सपेन्डिचर ८० प्रतिशत र क्यापिटल एक्सपेन्डिचर २० प्रतिशत मात्रै हुने बजेटको संरचनाले समस्या भयावह बन्दै छ' । 

१० वर्ष अगाडि जीडीपी र क्रेडिटको रेसियो ४६ प्रतिशत रहेकोमा अहिले ९६.६ प्रतिशत पुगेको उल्लेख गर्दै उनले क्रेडिट जीडीपीको निकै नजिक पुग्नुले अवस्था भयावह देखाएको बताए





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved