सनराइज बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागि आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 08:54:58 PM मा प्रकाशित

laxmi  sunrise bank

  सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबिच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग , त्रिभुवन विश्वविद्यालय एम.वि.एसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहेनदार विद्यार्थीहरुलाई आफ्नो अध्ययनको क्रममा थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने भएको छ ।

सम्झौतामा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले हस्ताक्षर गरेका छन् ।  

देशै भरिका विद्यार्थीहरु आएर अध्ययन गर्ने यस विश्वविद्यालयमा विभिन्न संकायमा १९५९ सालदेखि अध्ययन अध्यापन हुँदै आएको छ । यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा.भवानी शंकर आचार्यले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved