माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 05:29:02 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३% सम्म छुट पाउनेछन्।

बैंकका अनुसार फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओ.पि.डि, वेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५% देखि बढिमा १३% सम्म छुट प्राप्त गर्नेछन्  । सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाण्डौबाट सेवा प्रदान गर्दै आई रहेको छ ।  बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷के्रडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।  

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved