साना तथा मझौला उद्योग व्यवसायलाई कर्जा तिर्न समय थपको सुविधा, तर लागू हुनेछन ४ सर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 03:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग व्यवसायीलाई राहत मिल्नेगरी नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ मा नयाँ व्यवस्था थप गरि साना तथा मझौला उद्योग व्यवसायीलाई राहत दिएको हो। 

थपिएको नयाँ व्यवस्थाअनुसारको सुविधा प्राप्त गर्नका लागि साना तथा मझौला उद्योग व्यवसायले दुई करोडसम्मको कर्जामा बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम तिरेको हुनुहुपर्नेछ। यस्तो भएको अवस्थामा मात्र साना तथा मझौला उद्योग व्यवसायीलाई व्यवसाय संचालनलाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग– व्यवसायको नगद

प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिनेछ ।पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नका लागि निम्न लिखीत कुराहरु पुरा भएको हुनुपर्नेछ। 

(१) यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ ।

(२) यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ ।

(३) उपर्युक्त बमोजिम पुनरतालिकीकरण, पुनरसंरचना गरिएका कर्जाहरुलाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

(४) स्पष्ट आधार बिना पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको पाइएमा इ.प्रा. निर्देशन नं. २÷०७९ को बुँदा नं. ९ को उपबुँदा ४(क) अनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved