आकस्मिक बिदाका दिन बैंकहरु खुला रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 03:20:46 PM मा प्रकाशित

laxmi  sunrise bank

अब आकस्मिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुने भएका छन् । 

राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै सरकारले आकस्मिक बिदा दिएको दिनमा बैंकिङ्ग सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

निर्देशन अनुसार राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीबाहेक सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले उक्त दिन विहान १० देखि दिउँसो १स् ३० बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिनुपर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved