एनआईसी एशियाको ‘फोनलोन’ सेवाः मोबाइलबाटै २ लाखको कर्जा पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 06:03:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपबाटै कर्जा प्रदान गर्ने गरी एनआईसी एशिया फोनलोन सेवा सुरु गरेको छ । 

बैंकले मोबाइल एपमार्फत कागजी प्रक्रिया बिना, धितो बिना र भौतिक रुपमा बैंकका शाखामा उपस्थित नभई अधिकतम २ लाखसम्मको पूर्वस्वीकृत कर्जा पाउन सक्ने जनाएको छ । बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकमा तलब बचत खाता भएको, नियमित कारोबार गर्ने र बक्यौता कर्जा नरहेको लगायतका केही शर्त एवं मापदण्डको आधारमा ग्राहकले कर्जा सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । 

एपले नै ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी कर्जा प्राप्त गर्ने वा नगर्ने जानकारी पनि दिनेछ । 

कर्जा लिन योग्य ग्राहकको एनआईसी एशिया मो बैंक एपमा कर्जा आवेदन दिने विकल्प देखिनेछ । कर्जा लिन योग्य ठहरिएमा ग्राहकले एनआईसी एशिया मोबाइल बैंक लगइन गरी फोनलोन आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्नेछन् । 

एनआईसी एशिया बैंकले हाल मुलुकभर ३५९ शाखा कार्यालयहरूमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved