बैंक वित्तीय संस्थाहरुले सम्बोधन गर्ने भए ब्याज घटाउनुपर्ने माग, 'फुल हाउस' बैठकले निर्णय लिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 07:41:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्याज घटाउनुपर्ने मागलाई बैंक तथा वित्तीय सँस्थाहरुले सम्बोधन गर्ने भएका छन्। चैतदेखि लागूहुने गरि ब्याजको दर घटाउनेगरी छलफल भईरहेको र यहि साता यसबारे निर्णय हुने बैंक तथा वित्तीय सँस्थाका छाता संगठनहरुले जनाएका छन्। 

ब्याज घटाएर भएपनि अहिले ऋणीहरुको मागलाई सम्बोधन गर्नुपर्ने भएकाले भोलिको बैठकबाट केहि भएपनि ब्याज घट्ने निर्णय हुने सम्भावना अधिक रहेको नेपाल बैंकर्स संघ, (एनबिए)का एक कार्यसमिति सदस्यले बिजपाटीलाई बताएका छन्। 

उनकाअनुसार भोलि कमर्शियल बैकहरुको छाता संगठन नेपाल बैंकर्स संघको 'फुल हाउस' बैठक बिहान ९:३० बस्ने तय भएको छ र उक्त बैठकबाट चैतदेखि लागू हुनेगरि ब्याज घटाउने निर्णय हुने सम्भावना अधिक रहेको छ। 

"नेपाल राष्ट्र बैंकको कानुनअनुसार पनि विद्यमान ब्याजको दश प्रतिशत भन्दा बढीले ब्याज घटबढ गर्न पाइदैन, त्यसैले आधा अर्थात शुन्य दशमलव ५० देखि  एक प्रतिशतसम्म ब्याजको दर घट्ने सम्भावना रहेको छ" ती बैंकर्सले बिजपाटीलाई बताए। 

यद्दपि अझैं पनि केहि बैंकहरुको कर्जा निक्षेप अनुपात 'टाइट' अवस्थामा रहेकाले ब्याज घटाउनुपर्ने निर्णय प्रभावित पनि हुन सक्ने झिनो सम्भावना रहेको ती बैंकर्सले बताए। फागुन २१ गतेसम्म बैंक वित्तीय सँस्थाको  'सिडी रेसियो' ८६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

त्यस्तै कमर्शियल बैंकहरुले ब्याजको दर घटाउने निर्णय गरेको अवस्थामा विकास बैंक र फाइनान्सले पनि एउटा दरले ब्याजको दर घटाउने निर्णय गर्ने विकास बैंक र फाइनान्सका सीइओहरुका सँस्थाका कार्यसमिति सदस्यले बिजपाटीलाई बताए। 

अहिले व्यक्तिगत तर्फको मुद्दतिको ब्याज ११ प्रतिशत रहेको छ भने संस्थागततर्फको मुद्दतीको ब्याज १० प्रतिशत हाराहारी रहेको छ। यदि एक प्रतिशतले ब्याज घटेमा व्यक्तिगत तर्फको मुद्दतिको ब्याज १० र  संस्थागततर्फको मुद्दतीको ब्याज ९ प्रतिशतमा आउनेछ। त्यस्तै २०८० असार मसान्तसम्म कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर ४ प्रतिशत बनाउनुपर्ने भएकाले निक्षेपमा ब्याज थप घट्नेछ। 

यद्दपि चैतदेखि घटेको ब्याज चैतमा नयाँ कर्जा लिने र निक्षेप राख्नेको हकमा मात्र लागू हुनेछ। तर ब्याज लागत घट्दा घटेको बेश रेटको लाभ पुराना ऋणीले बैशाखदेखि मात्र पाउनेछन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved