‘प्रिमीयम अधिकतम ५ प्रतिशत होइन, २ प्रतिशतमा लकअप हुनुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 01:52:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर कमर्सका अध्यक्ष राजेन्द्र मल्लले वाणिज्य बैंकहरुले बेस रेटमा अधिकतम् ५ प्रतिशत प्रिमीयम जोड्ने कर्जा लगानी गर्ने निर्णय गर्नु तत्कालका लागि स्वागतयोग्य भएको बताएका छन् । तर, यतिले मात्रै नपुग्ने भन्दै उनले बेस रेटमा अधिकतम् २ प्रतिशत मात्रै प्रिमीयम जोड्न पाउने नीतिगत व्यवस्था हुनुपर्ने माग गरे । 

‘अहिलेको अवस्थामा ब्याज घट्नु सह्रानीय छ, यो स्वागतयोग्य नै छ’ अध्यक्ष मल्लले भने, ‘तर, चेम्बरको माग प्रिमीयम २ प्रतिशतमा लकअप गर्नुपर्छ भन्ने हो । यहीँ नै यथार्थपरक हुन्छ ।’

उनले बजारको माग र आपुर्तिका आधारमा बैंकहरुको आधार दर घटबढ हुने कुरामा उद्योगी व्यवसायीहरुको विमति र आपत्ति नरहेको स्पष्ट पार्दै बेस रेटमा प्रिमीयम अत्याधिक बढी भएकोमा आफूहरुको असन्तुष्टि रहेको प्रष्ट पारेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved