एनएमबि बैंकले राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई २१ हजार दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 09:06:00 PM मा प्रकाशित

एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही रु २१००० प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले  सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खाता मार्फत रकम हस्तान्तरण गरिने जानकारी दिएका छन्।

खेलाडीहरु राष्ट्रका  गौरव भएको र खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका सीईओ केसीले बताए। 

२०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल भोली हुन गईरहेको फाइनल म्याचमा युएआइसँग खेल्दै छ। भोलीको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ।

यो नगद पुरस्कारले पनि भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ । 

यो पनि : बिहिबार नेपाली क्रिकेटको ऐतिहासिक 'फाइनल' खेल, लोकदोहोरी कलाकारदेखि पन्चेबाजासम्म तयार

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved