प्युजो र सिट्रोन गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 06:23:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्युजो र सिट्रोन आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्स बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रीला मोटोर्स प्रा.लि.को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौँतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने छ । 

सम्झौता अनुसार योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुने बैंकले जनाएको छ। कम्पनीका अनुसार यो योजना सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट  नेपाल भरी लागु  हुनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved