घोडेजात्राको विदामा पनि अत्यावश्यक बैंकिङ सेवा सूचारु राख्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2023 | 06:08:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले घोडेजात्राको सार्वजनिक विदामा पनि अत्यावश्यक बैंकिङ सेवा सूचारु राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले चैत्र ७ गते मंगलबार अत्यावश्यक बैंकिङ सेवा सूचारु राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ 'मिति २०७९/१२/०७ गते घोडेजात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा रहेतापनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, Electronic Cheque Clearing (ECC), RTGS लगायतका अत्यावश्यक बैंकिङ सेवा सूचारु राख्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ ।'

सरकारले चैत्र ७ गते मंगलबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । चैत्र ७ गते मंगलबार घोडेजात्रा परेकोले सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको हो । यो विदा राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो ।  

प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ  । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । 
 
अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर (अश्वयात्रा) गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो । 
 
घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ । काठमाडौँको टुडिखेलमा बर्सेनि नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ । 

घोडेजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा मात्र सार्बजनिक विदा दिने गरेको छ । सरकारले घोडेजात्रा, गाईजात्रा, इन्द्र जात्रा र मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाडौँ उपत्यकामा मात्र लागु हुने गरि सार्वजनिक विदा दिने गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved