
एनएमबि बैंक लिमिटेडले रुपन्देहीको ओमसतिया गाउँपालिकामा एक्सटेन्सन काउन्टर शुरु गरेको छ। एनएमबि बैंक लिमिटेड ठुटेपिपल शाखाको एक्सटेन्सन काउन्टर खोलिएको हो ।
ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव सोनुले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष सोनुले एनएमबि बैंले गाउँपालिका भवन मै आफ्नो एक्सटेन्सन काउन्टर खोलेर बित्तीय सेवा शुरु गरेकोमा धन्यवाद ज्ञापन गर्दै पालिकाका आमजनतालाइ सहज, सरल र छिटोछरितो बित्तीय पहुँच पुग्ने विस्वास व्यक्त गरे ।
एनएमबि बैंक ठुटेपिपल शाखा प्रमुख सुनिल भट्टराईले आफुहरुले ग्रामीणस्थलमा सबै जनताको बीचमा बित्तीय पहुँच पुर्याउन एनएमबि बैंक लिमिटेड ठुटेपिपल शाखाको काउन्टर खोलिएको बताए ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ओमसोतिया सगै १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।