कृषि विकास बैंकद्वारा रोल्पामा वित्तिय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 03:19:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोवल मनी विकको अवसर पारेर कृषि विकास बैंकले रोल्पाको गंगादेवमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । बैंकले  रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

 कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक गोविन्द गुरुङले बैंक केहो, बैंकले के काम गर्दछ, कसरी वचत गर्ने, वचत गर्दा हुने फाईदा, बैंक खाताका प्रकारहरु, कसरी उद्यम शिलता विकास गर्ने, कृषि विकास बैंकले दिने विभिन्न सेवाहरु, किन कृषि विकास बैंकवाट कारोवार गर्ने लगायत किसानहरुको सेवामा सधै तल्लीन कृषि विकास बैंकको विविध पक्षहरुको वारेमा प्रकाश पारेका थिए । वित्तिय साक्षरताको बारेमा जानकारी गराउनका अलावा उक्त कार्यक्रममा वित्तिय साक्षरताको आवश्यकता एवं नेपालको आर्थिक तथा वित्तिय प्रणालीको बारेमा समेत प्रमुख कार्यकारी अधिकृत गुरुङले प्रकाश पारेको बैंकले जनाएको छ ।

  कार्यक्रममा गाउँपालिकाका प्रमुख हरि वहादुर पुनले आफ्नो गाउँपालिकामा अधिकांश जनताले खेती किसान गर्ने भएकोले उक्त ठाउँमा कृषि विकास बैंकको शाखा विस्तारको अनुरोध गर्दै बैंकले शाखा विस्तार गरेमा हर तरहले सहयोग गर्ने तथा बैंकको शाखा विस्तार भएमा यस क्षेत्रका जनता लाभान्वित हुने र बैंकलाई समेत फाईदा हुने बताएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved