बिहिबार साँझ अनामनगरमा एनआइसी एसिया बैंकको प्रमोटरहरुसँग छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2023 | 02:41:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले बिहिबार आफ्ना प्रमोटर शेयरधनीहरुसँग छलफल गरेको छ । बैंकले अनामनगरको एक होटेलमा बिहिबार साँझ प्रमोटर शेयरधनीहरुसँग छलफल गरेको हो ।

बैंकका संचालक समिति सदस्य रामचन्द्र सांघाईका अनुसार बैंकले वर्षको एक पटक प्रमोटरहरुसँग छलफल गरेर बैंकको अवस्थाबारे जानकारी गराउने गरेको छ । सोहि अनुसार यस वर्षको बैठक हिजो बिहिबार गरिएको संचालक सांघाईले बताए ।

संचालक सांघाई मर्जरबारे कुनै छलफल नभएको बिजपाटीलाई जानकारी दिए । उनले बैंकलाई मर्जरमा जानु पर्ने आवश्यकता नै नरहेको बताए। त्यस्तै उनले हकप्रदबारे पनि कुनै छलफल नभएको बताए । उनले भने 'बजारमा पैसा नै छैन, हकप्रद ल्याएर पैसा कहाँ बाट हाल्नु'।

पछिल्लो समय एनआईसी एसिया र एनएमबि बैंक मर्ज हुने चर्चा छ । बिहिबार एनआईसी एसिया बैंक र सिद्धार्थ बैंक मर्ज हुने हल्ला चलेको थियो । सिद्धार्थ बैंकले आज शुक्रबार त्यसको खण्डन गरेको छ । 

एनआईसीलाई पुँजी बढाउँनु पर्ने बाध्यता रहेको र त्यसको लागि हाल मर्जर वा हकप्रद मात्र विकल्प रहेको विश्लेषण गरिएको छ। राष्ट्र बैंकले हकप्रद अनुमति नदिई मर्जर मै प्रोत्साहन गर्ने भएकोले बैंकले मर्जरलाई अगाडी बढाउँन सक्ने कतिपयको विश्लेषण छ । एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानको एनआईसी एसियामा पनि शेयर भएकोले यी दुई बैंक मर्ज हुन सक्ने चर्चा बजारमा चलेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved