
एभरेष्ट बैंकले विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनि विक मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनि विक मनाएको जनाएको छ।
सो कार्यक्रमबाट युवा अवस्था देखी नै पैसा बुद्धिमानी पूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु¥याउने मदत गर्ने विश्वास बैंकले लिएको छ । साथै किशोर÷किशोरी तथा युवा÷युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको एभरेष्ट बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम मार्फत बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।