एभरेष्ट बैंकले गर्यो २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2023 | 05:10:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममाबीच सार्वजनिक गरेको छ ।

“नेपालका राष्ट्रिय विभूतिहरु” भन्ने नारा सहितको २०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव  सुरेश अधिकारी र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

 कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरु तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोष कुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीको उपस्थिति थियो ।

 सो कार्यक्रमा सचिव सुरेश अधिकारीले एभरेष्ट बैंकले यस्ता विषयवस्तुमा आधारित क्यालेन्डर प्रकाशन गर्नाले समग्र जातजाती, भूगोल तथा पर्यटन प्रर्वद्दनमा विशेष भूमिका निर्वाह गर्ने धारणा राखेका थिए।  समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले नेपाली कला संस्कृती, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभूतिहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई क्यालेण्डरमा  चित्रण गरिएको बताए

 पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंकका हालसम्म करिब १३ लाख भन्दा बढी  ग्राहकहरु रहेका छन्

देशैभरी  आफ्ना १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved