सिद्धार्थ बैंकद्वारा गण्डकीमा आफ्नै भवन उद्घाटन, अमरसिंह माविलाई २० थान कम्प्युटर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2023 | 06:24:34 PM मा प्रकाशित

laxmi bank

सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको आज उद्घाटन गरेको छ । आज बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको उद्घाटन गरेका हुन्।

बैंकले विगत १६ वर्ष देखि पोखरा म.न.पा., वडा नं ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको पोखरा शाखालाई पनि उक्त भवनमा स्थानान्तरण गरेको छ । 

 बैंकले उक्तउद्घाटनको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सो को लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहिन बिद्यार्थीहरुको लागि बहुउद्देशीय हल निर्माण गर्न रु. ४० लाख सम्मको सहयोग गर्ने सम्झौता गरेको छ ।  क्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र श्री अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा अमरसिंह उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखि देशको एक जिम्मेवार संस्थाको रुपमा विभिन्न सामाजिक कार्यहरूमा सधैँ अग्रसर रहदै आईरहेको बारेमा चर्चा गर्दै बैंकबाट प्राप्त उक्त सहयोग बिद्यालयको लागि ठूलो महत्वको रहेको बताए ।

बैंकका अध्यक्ष मनोज कुमार केडियाले बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदैआएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको जानकारी गराएका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved